अब अमेरिकी ग्रिनकार्ड पाउन अझै मुस्किल, ट्रम्प प्रशासनले ल्यायाे कडा नियम
२८ साउन, काठमाडौँ । अमेरिकाले आप्रवासीको भिसा अवधि बढाउने र ग्रीन कार्ड लिने प्रक्रियामा कडाइ गरेको छ । कानुनी रूपमा अमेरिका बस्दै आएका आप्रवासीहरूको भिसा अवधि बढाउन र स्थायी नागरिकता अर्थात् ग्रिन कार्ड पाउने प्रक्रियालाई ट्रम्प प्रशासनले अझै कठोर बनाउने भएको हाे ।
आप्रवासीका मामलामा सुरुदेखि नै कठाेर बन्दै आएकाे ट्रम्प प्रशासनले नयाँ ग्रीन कार्ड लिने र अस्थायी प्रवेश अनुमतिका लागि आवेदन दिने आप्रवासीलाई कडाइ गर्ने निर्णय गरेकाे हाे । यसबाट अमेरिकामै एक बर्षभन्दा बढी बस्न चाहने र सरकारी सुविधा पाउने आप्रवासी प्रभावित भएका बीबीसीले जनाएको छ ।
नयाँ नियम घोषणा गर्दै ट्रम्प प्रशासनले ग्रीनकार्डका लागि फारम भरेकाहरुको आवेदन पनि अस्वीकार गरेको छ । भविष्यमा यसको आवश्यकता परेमा मात्रै ग्रीन कार्ड लागि फारम भरेकाको आवेदनलाई अनुमति दिइने छ ।
आवेदन दिएका आप्रवासीहरुको आर्थिक अवस्था, शिक्षा, उमेर र अङ्ग्रेजी भाषाको ज्ञानका आधारमा निर्णय लिइने नयाँ नियम ल्याएकाे छ । यो नियम आउँदो महिनाको अक्टाेबर १५ ताखिरबाट लागू हुनेछ ।
यसअघि नै अमेरिकामा रहेका र शरणार्थी शिविरमा बसेका आप्रवासीलाईभन्दा नयाँ अमेरिकी भिसा र ग्रीन कार्ड लिने चाहेका व्यक्तिलाई यस नियमले असर गर्ने बीबीसीले जनाएको छ ।
प्रकाशित मिति : August 13, 2019 at 8:03 am









