त्रिभुवन शिक्षण अस्पतालमा आगलागी
२७ साउन, काठमाडाैँ । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आगलागी भएको छ । शिक्षण अस्पतालभित्र रहेको मनमोहन कार्डियोलोजीको पाँचौँ तलामा आज साँझ विद्युत् चुहावट भएर आगालागी भएको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विद्युत् चुहावट भएर पाँचाँै तलाको एक कोठामा आगलागी भएको जानकारी दिनुभयो ।

आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । आगलागीबाट कोठाभित्र रहेका कागजात जलेर नष्ट भएका वृत्त प्रमुख प्रसाईँले बताउनुभयो । आगलागीको क्षति भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : August 12, 2019 at 8:44 pm









