२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

खरिद गरेकाे १ महिनामै बिग्रिए संघीय संसद्काे सभापतिका ११ गाडी, अनियमितताको आशंका

२७ साउन, काठमाडौँ । संघीय संसद्का सभापतिका लागि खरिद गरिएका ११ वटा नयाँ स्कर्पियो गाडी एक महिनामै बिग्रिएका छन् ।सभापतिहरुले गाडी खरिदमा अनियमितता भएको आशंका गर्दै सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, संसद् सचिवालयका महासचिव मनोहर भट्टराईसँग छानबिन माग गरेका हुन् ।

सभापतिहरुले शुक्रबार सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई भेटी गुणस्तरहीन गाडी फिर्ता गराउन ध्यानाकर्षण गराए । उनीहरुले गाडी खरिद प्रकरण छानबिन गर्न संसद्का तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्नुपर्ने मागसमेत गरे ।

गत आर्थिक वर्षको विकास बजेट रकमान्तर गरी सभापतिहरुका लागि गाडी खरिद गरिएको हो । टेन्डरबाट गरिद गरिए पनि गाडीका पार्टपुर्जा नक्कली हालिएका हुन सक्ने सभापतिहरुको आशंका छ । यो समाचार कान्तिपुर दैनिकमा दिनेश रेग्मी र दुर्गा खनालले लेखेका छन् ।

प्रकाशित मिति : August 12, 2019 at 7:25 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/