७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

नेपाली युवतीलाई दिल्लीमा बेच्ने नुवाकाेटका २ जना पक्राउ

२६ साउन, काठमाडौँ । नेपाली युवतीलाई दिल्लीमा बेच्ने नुवाकाेटका २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुप्चेश्वर गाउँपालिका ७– का २८ वर्षीय अजय तामाङ र २० वर्षीय राजु तामाङ रहेका छन् । उनीहरुलाई प्रहरीले भक्तपुरको जगातीबाट पक्राउ गरेकाे हाे ।


युवतीलाई नयाँ दिल्लीमा आकर्षक काम लगाइदिने प्रलोभनमा पारेर बेचेकाे प्रहरीले जनाएकाे छ । उनीहरूकाे दिल्लीस्थित एक कोठी सञ्चालकसँग कनेक्सन देखिएको समेत अनुसन्धानका क्रममा फेला परेकाे छ ।

प्रहरीले दुवै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालेको छ । उनीहरुबाट पीडित अन्य व्यक्तिको पनि प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : August 11, 2019 at 7:16 pm