७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

भक्तपुरमा चारवटा बस ठोक्किए, १६ जना यात्रु घाइते

२६ साउन, भक्तपुर । भक्तपुरमा चारवटा बस एक-आपसमा ठोक्किएका छन् । आइतबार बिहान भक्तपुरको ठिमीमा एउटा बसले अन्य तीनवटा बसलाई ठक्कर दिँदा १६ यात्रु घाइते भएका छन् । काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ४ ख ५७९४ नम्बरको बस आफैँ अनियन्त्रित भई सोही दिशातर्फ गइरहेका बा ३ ख ७०९३, बा ५ ख ४०२९ र ना ६ ख ७१८५ नम्बरका बसलाई ठक्कर दिएको प्रहरीले जनाएकाे छ ।

दु्घटनामा घाइते भएकामध्ये १३ जनालाई नागरिक अस्पताल र ३ जनालाई मध्यपुर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। चारै बस महानगरीय ट्राफिक प्रहरी प्रभाग (गठ्ठाघर)को नियन्त्रणमा राखिएको छ भने ठक्कर दिने बसका चालक सिन्धुली गोलानचोर गाउँपालिका-६ का ३० वर्षीय दीपकराज ठकुरीलाई महानगरीय प्रहरी वृत्त (ठिमी) ले नियन्त्रणमा लिएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइहेको रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : August 11, 2019 at 11:42 am