दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समुहद्धारा आगजनी
२६ साउन, दाङ । दाङको बंगलाचुली गाउँपालिकाको अध्यक्ष चढ्ने गाडीमा आगजनी भएको छ । गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा शनिबार राति अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट रा १ झ १५२ नम्बरको गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ । गाडीमा लागेको आगो इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरी टोली र स्थानीयले निभाएको थियो ।
बंगलाचुली गाउँपालिका वडा नम्बर- ५ को कार्यालय, मुर्कुटीमा पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको हो । शनिबार राति कपिलवस्तुको मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी चौधरीले चढ्ने गाडीमा समेत अज्ञात समूहले आगजनी गरेका छन् ।
प्रकाशित मिति : August 11, 2019 at 10:12 am









