८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

नेपाली सेनाका मेजर अजित सिंह ब्राउन सुगरसहित पक्राउ

२६ साउन, काठमाडौँ । नेपाली सेनाका मेजर अजितप्रताप सिंह लागूऔषधसहित पक्राउ परेका छन् । कैलालीको धनगढी नगरपालिका- २ घर भएका सिंहलाई इटहरीको हलगढामा रहेको सेनाको पूर्वी पृतना छेऊबाट पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण ब्युरो, काठमाडौँ र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले उनलाई शनिबार पक्राउ गरेको हाे ।

विशेष सुराकीको आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट १ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका उनीहरुबारे थप अनुसन्धान भैरहेको जनाइएको छ ।

प्रकाशित मिति : August 11, 2019 at 7:05 am