८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

प्रहरीलाई ट्वाँ पार्दै सिंहदरबार वृतको हिरासतबाट भागे चार थुनुवा

२५ साउन, काठमाडाैँ । प्रहरीलाई छक्याउँदै महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतबाट चार थुनुवा फरार भएका छन । थुनुवाहरु  झ्यालको डन्डी काटेर भागेको प्रहरीले जनाएको छ । झ्यालको डन्डी काटेर भागेका चार थुनुवामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । चोरी मुद्दामा थुनामा रहेको चार थुनुवा शनिबार बिहानपख हिरासतबाट भागेको र दुइ जना पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।मोटरसाइकल चोरीमा संलग्न उनीहरू सिंहदरबार वृतको हिरासतमा रहेका थिए ।

प्रकाशित मिति : August 10, 2019 at 10:00 am