काठमाडाैँकाे स्वयम्भुमा गोली चल्यो
२४ साउन, काठमाडाैँ । काठमाडौंको स्वयम्भुमा शुक्रबार महानगरीय अपराध महाशाखा काठमाडौबाट खटिएको प्रहरी टोलीले लुटेरामाथि दुई राउन्ड गोली चलाएको छ । प्रहरीको गोली लागेर लुटेरा मिलन तामाङको घुँडामूनी गोली लागि घाइते भएका र अर्का लुटेरा रामेछाप स्थायी घर भएका अमृत तामाङ पनि पक्राउ परेका अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

प्रकाशित मिति : August 9, 2019 at 12:57 pm









