७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

धादिङको सलाङघाटमा यात्रुसहितकाे बस त्रिशुलीमा खस्दा ४ को मृत्यु

२४ साउन, धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सर्लाहीको मलंगवाबाट काठमाण्डौको लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस सलाङघाटबाट त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । बस त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउनेकाे संख्या ४ रहेको छ भने घाइतेहरुकाे संख्या १४ रहेकाे छ ।

प्रहरीले मृतक कसैको पनि सनाखत नभएको जनाएको छ । झण्डै २० जनाभन्दा बढी यात्रु हराइरहेकाे अनुमान प्रहरीको छ । बस सडकबाट त्रिशुलीमा खस्ने क्रममा झाडीमा अड्केका घाइतेहरुमात्र भेटिएका हुन् । बस नदीमा चुर्लुम्म डुबेको छ । घाइतेलाई मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखेर उपचार गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : August 9, 2019 at 7:04 am