उपराष्ट्रपति पुनको पारिश्रमिक क्यान्सर पीडितलाई
२३ साउन, काठमाडाैँ । उपराष्ट्रपति नन्दबहादुर पुनले क्यान्सरपीडितको उपचारका लागि एक महिनाको पारिश्रमिक सहयोग गर्नुभएको छ । उहाँले आज क्यान्सर पीडितका लागि ‘नेपाल क्यान्सर सहयोग अभियान’लाई एक महिनाको पारिश्रमिक रकम हस्तान्तरण गर्नु भएको हो ।

उपराष्ट्रपतिले कर कटाएर एक महिनाको तलब बराबरको रु ६२ हजार क्यान्सर सहयोग अभियानका अध्यक्ष डा सुदीप श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । उपराष्ट्रपतिले केही दिन अघि नेपाल क्यान्सर सहयोग समूहले आयोजना गरेको कार्यक्रममा आफ्नो एक महिनाको तलब क्यान्सर पीडितलाई सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।
प्रकाशित मिति : August 8, 2019 at 8:11 pm







