७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

वृद्धभत्ता लिन वडा कार्यालय गएका नुवाकाेटका वृद्ध मृत भेटिए

२३ साउन, नुवाकाेट । नुवाकोटको विदुर नगरपालिका–३ को वडा कार्यालयमा बुधबार वृद्धभत्ता लिन गएका स्थानीय ९५ वर्षीय सेते सार्की मृतावस्थामा आज भेटिएका छन् । वृद्धभत्ता लिन जान भनी घरबाट बिहानीपख वडा कार्यालयतर्फ निस्किएका सार्की साँझसम्म पनि घर नआएपछि सार्कीका परिवारले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा खोजतलासका लागि खबर गरेका थिए ।

प्रहरी, स्थानीयवासी र सार्कीका परिवारसहितका टोलीले खोज्ने क्रममा आज सार्कीका घरबाट केही पर बारीको पाटामा उनी मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले बताउनुभयो । प्रहरी निरीक्षक फुयाँलका अनुसार शवपरीक्षणका लागि त्रिशूली अस्पतालमा पठाई घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : August 8, 2019 at 3:33 pm