नुवाकोट ३ नम्बर प्रदेशको राजधानी हुनसक्छः मुख्मन्त्री पौडेल
२३ साउन, काठमाडौँ । तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अबको केही दिनभित्रै प्रदेशको राजधानी र नाम टुङ्गो लाग्ने बताएका छन् । ३ नम्बर प्रदेशको राजधानी सबैको सहमतिका आधारमा तोकिने भन्दै अहिले चर्चामा आएका जिल्लाबाहेक नुवाकोट लैजान पनि अाफु तयार रहेकाे मुख्यमन्त्री पौडेलले बताएका छन् ।

मुख्यमन्त्री पौडेलले सिंहदरबारको छायामा प्रदेशको राजनीति बस्न नसक्ने भन्दै काठमाडौं बाहिर पनि देश हो भनेर बुझाउन प्रदेश ३ को राजधानी बाहिर हुनुपर्ने जिकिर गरेका छन् ।
प्रकाशित मिति : August 8, 2019 at 3:16 pm









