७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

गल्याङ नगरपालिकाले परिचयपत्रका आधारमा अनुदान उपलब्ध गराइने

२२ साउन, स्याङ्जा । स्याङ्जाका गल्याङ नगरपालिकाले कृषकलाई परिचयपत्रका आधारमा अनुदान वितरण गर्ने भएको छ । “व्यावसायिक, व्यावसायिकउन्मुख, साना र निर्वाहमुखी किसान गरी चार तहमा वर्गीकरण गर्ने र सोही आधारमा परिचयपत्र वितरण गरेर अनुदान वितरण गर्ने नीति छ”, नगरपालिकाका प्रमुख भूपराज अधिकारीले भन्नुभयो, “व्यावसायिक कृषकले कम्तीमा ५० वटा दूधालु माउ पशु, ५० वटा बाख्रा, १० रोपनी जमीनमा व्यावसायिक उत्पादन गर्ने वा १० वटा टनेलमा व्यावसायिक कृषिखेतीमध्ये कम्तीमा कुनै एक व्यवसाय गर्नुपर्ने हुन्छ ।

उहाँका अनुसार, व्यावसायिकउन्मुख कृषकले २० देखि ४९ वटा दूधालु माउ पशु, २० देखि ५० बाख्रा, तीन रोपनी जमीनमा व्यावसायिकखेती गर्ने अथवा पाँच वटा टनेलमा कृषिखेती मध्ये कुनै एक व्यवसाय गर्नुपर्नेछ । साना किसानअन्तर्गत पाँचदेखि १९ वटासम्म दूधालु माउ पशु वा सोही सङ्ख्यामा बाख्रा, एकदेखि तीन रोपनीसम्म जमीनमा व्यावसायिक खेती गरेको, पाँच वटा टनेलमा खेती अथवा यीमध्ये कुनै एक काम गरेको हुनुपर्नेछ । भने पाँच वटासम्म दूधालु माउ पशु, एक रोपनीभन्दा कम जमीनमा खेती गर्ने, एक देखि १५ वटासम्म बाख्रा पालन गर्ने किसानहरुलाई नगरपालिकाले निर्वाहमुखी किसानको सूचीमा राखेको पशुसेवा शाखाका प्रमुख सुशील अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : August 7, 2019 at 2:19 pm