वीरगञ्जमा गोली चल्यो, २ जना पक्राउ
२१ साउन, वीरगञ्ज । वीरगञ्जमा गोली चलेकाे छ । वीरगञ्ज महानगरपालिका -१८ भवानीपुरमा पर्खालको बिषयमा विवाद हुँदा गाेली चलेकाे प्रहरीले जनाएकाे छ । पर्खालको बिषयमा स्थानीय वृजेशकुमार पटेल र मोहन साहबीच विवाद हुँदा साहका छोराले गोली चलाएको प्रहरीले जनाएको छ । प्रहरीले मोहन साह र उनका छोरा कुन्दनलाई पक्राउ गरेको छ ।

साह र पटेलबीच झगडा हुँदा साहका छोराले घरमा राखेको बन्दुक निकालेर गोली चलाएका हुन् । घटनास्थलबाट फायर भएको १ राउण्ड कार्टिज फेला पारेको प्रहरीले जनाएको छ । मोहन साहको घरमा खानतलासी गर्दा एउटा १२ बोर बन्दुक त्यसमा लाग्ने ४ राउण्ड लाइभ कार्टिज बरामद गरिएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : August 6, 2019 at 6:07 pm









