७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

नयाँ बसपार्कमा बसको छतमा शव भेटियो

१७ साउन, बुटवल । नयाँ बसपार्कमा पार्किङ गरेर गरिराखेको बसको छतमा शव भेटिएकाे छ ।  बुटवलको नयाँ बसपार्कमा गुल्मी चन्द्रकोट ठेगाना भएका अन्दाजी ३५ वर्षका दीपक थापाको शव लु१६१३७ नंम्बरको बसको छतमा भेटिएको हो । आंशिक सडेको अवस्थामा भेटिएकाे शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए । घटनाका थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : August 2, 2019 at 3:28 pm