१० पुष २०८१, बुधबार | Wed Dec 25 2024

एनसीसी (एपेक्स) बैैंकको घोटालामा संलग्न ठेकेदार अनुज भेटवाल पक्राउ

३ वैशाख, काठमाडौँ । तत्कालीन एपेक्स बैैंकको कर्जा अनियमिततामा संलग्न रहेका एक जना ऋणी पनि पक्राउ परेका छन । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले निर्माण व्यवसायी अनुज भेटवाललाई सोमबार पक्राउ गरेको छ । उनले बैंकका कर्मचारी तथा सञ्चालकलाई प्रभावमा पारेर कमसल जग्गा धितो राखी ११ करोड ९० लाख कर्जा लिएका थिए ।

हाल एनसिसी बैंकमा मर्ज भएको एपेक्समा डेढ अर्ब रुपैयाँ अनियमितता भएको खुलासा भएको थियो । सिआईबीले सञ्चालकसहित २० जनालाई पक्राउ गरिसकेको छ । भेटवाल जलेश्जर स्वच्छन्द विकोई विल्डर्सका सञ्चालक हुन् ।

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार १८:०१