रसुवाकाे गाेसाइकुण्डमा पहिराेले टाटासुमाे पुरिदा २ काे मृत्यु ७ घाइते
११ साउन, नुवाकाेट । रसुवाको गोसाइकुण्ड गाउँपालिका २ तातोपानी डाँडामा पहिरोले टाटासुमो पुरिदा २ जनाको मृत्यु भएको छ। माडौंबाट रसुवा जाँदै गरेको ना १ ज ७८२४ नम्बरको टाटासुमो तातोपानी डाँडामा माथिबाट पहिरो खसेर ढुंगाले लाग्दा २ जनाको मृत्यु भएको हो। घटनामा ७ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । चालकलाई भने केही भएको छैन ।

प्रकाशित मिति : July 27, 2019 at 7:51 pm







