६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

दाजुभाइबीच झगडा हुँदा भाइको कुटाइबाट दाइको मृत्यु

५ साउन, सोलुखुम्बु । भाइको कुटाइबाट दाइको ज्यान गएको छ । सोलुखुम्बुकाे थुलुङदुधकोशी गाउँपालिका–९ लोखिममा दाजुभाइबीच झगडा हुँदा २७ वर्षका भाइ किरण राईको कुटाइबाट ४४ वर्षका दाजु जयप्रकाश राईको शनिबार राति ज्यान गएको हो ।

आमासँगै घरमा बस्दै आएका दाजुभाइबीच झगडा भएको थियो । झगडा के कारणले भयो भन्नेबारे पत्ता लाग्न सकेको छैन । भाइ किरणलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : July 21, 2019 at 12:11 pm