कर्णाली नदी व्यवस्थापन कार्यलयका ३ जना इन्जिनियर १५ लाख घुस सहित पक्राउ
४ साउन, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय, नेपालगञ्जले कर्णाली नदी व्यवस्थापन कार्यलयका ३ जना इन्जिनियरलाई १५ लाख घुस सहित पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा कर्णाली नदी व्यवस्थापन कार्यलय बर्दियाका इन्जिनियर कमल सिटौला, इन्जिनियर विश्वेश्वर प्रसाद शाह, इन्जिनियर हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझा घुस रकमसहित पक्राउ परेका हुन् ।

कर्णाली नदी व्यवस्थापन कार्यलय बर्दियाका इन्जिनियर कमल सिटौला, इन्जिनियर विश्वेश्वर प्रसाद शाह, इन्जिनियर हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझाले निर्माण योजना तारजाली भर्ने कामको विल रकम भुक्तानी गरे वापत सेवाग्राहीसँग घुस रकम माग गरेका थिए । साेहि सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिएको टोलीले उनिहरूलाई १५ लाख घुस रकम लिइसकेको अवस्थामा बर्दियाकाे गेरूवा गाउँपालिका -१ बाट रंगेहात नियन्त्रणमा लिएकाे अख्तियारले जनाएकाे छ ।
प्रकाशित मिति : July 20, 2019 at 8:12 pm









