जलस्रोत तथा सिंचाई कार्यालयका २ इन्जिनीयर र १ चालक १५ लाख घुससहित पक्राउ
४ साउन, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घुस सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सिन्धुपाल्चोकका ईन्जिनीयर भोगेन्द्र साह, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, दोलखाका सिनियर डिभिजन ईन्जिनीयर प्रकाश अधिकारी र सवारी चालक सुमन खड्कालाई १५ लाखसहित अख्तियारले नियन्त्रणमा लिएको हाे ।
शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदीपकुमार कोइराला कोइरालाले जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारीले विभिन्न उपभोक्ता समिति तथा अन्य कम्पनीसँग घुस रकम लिई काठमाडौँ आउँदै गरेको भन्ने सुचनाको आधारमा पक्राउ गरिएको जानकारी दिए ।
उनलाई नियन्त्रणमा लिएर खानतलासि गर्दा जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन ईन्जिनीयर प्रकाश अधिकारीको साथबाट १३ लाख ३८ हजार ५ सय र सोही गाडिमा रहेका जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका ईन्जिनियर भोगेन्द्र साहको साथबाट १ लाख २९ हजार १ सय ५ शंकास्पद नगद फेला परेको थियो ।
हाल पक्राउ परेकाहरूको अनुसन्धान कार्य भइरहेको अख्तियारले बताएको छ ।
प्रकाशित मिति : July 20, 2019 at 7:32 pm







