६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

पानी जमेको खाल्डोमा डुबेर २ बालिकाको मृत्यु

४ साउन, रौतहट । रौतहटकाे देवाही गोनाही नगरपालिकामा रहेको बाधको खाल्डोमा डुबेर २ बालिकाको मृत्यु भएकाे छ । देवाही गोनाही नगरपालिका-५ को लालबकैया नदी भन्दा उतर पूर्वतिर रहेको बाँधको खाल्डोमा जमेको पानीमा नुहाउन पसेकी ८ वर्षीया निरुता कुमारी र पिन्की कुमारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मृतक बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले बताए ।

प्रकाशित मिति : July 20, 2019 at 3:34 pm