विष्णु रिमालको गृह जिल्ला नुवाकोटको मुख्य मार्ग सात घण्टादेखि अबरूद्ध, खुलाउन पहल भएन
-प्रशान्तजंग पाण्डे
२ साउन, नुवाकोट । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालको गृह जिल्ला नुवाकोटको मुख्य मार्ग सात घण्टादेखि पहिरोकारण अबरूद्ध भएको छ । पासाङ ल्हामु राजमार्ग अन्तर्गत बेलकोटगढी नगरपालिकाको वडा नम्बर ११ मा रहेको उपल्लो तिगाउँमा गएको पहिरो सात घण्टादेखि पन्छाउने काम नहुँदा ५० भन्दा बढी चिनिया पर्यटक सहित सयाैँ यात्रु अलपत्र परेका छन ।

दिउँसो २ः३० बजे पहिरो गएको र पहिरो पन्छाउनका निम्ति धेरै ठाउँमा फोन गरेर पहल गरेपनि कुनै उपाय नलागेको वडा नम्बर ११ का अध्यक्ष रामहरि पाण्डेले जानकारी दिए । उनले सडक आयोजना प्रमुख निरज शर्मा, प्रहरी प्रमुख कृष्णबहादुर पल्लीमगरदेखि, ठेकेदारसम्म फोन गरेर पहिरो पन्छाउन अाग्रह गरेको भए पनि कसैले रेसपोन्स नै नगरेको उनले बताए । उनले सोही पहिरोमा परि एक जना चिनियाँ पर्यटकको मोटरसाइकल भीरबाट खसेको र स्थानीयको सहायतामा उद्भार गरेर प्राथमिक उपचार गरेको उनले बताए ।

कोशी कन्सट्रक्सनले सडक विस्तारको काम गरिरहेको यस सडक वर्षायामका कारण एकदमै खराब अवस्थामा पुगेको छ । कुखाराले समेत राजनीति गर्ने भनेर चिनिएको र दर्जनाैँ केन्द्रीय नेता जन्माएको नुवाकोटको मुख्य मार्ग सात घण्टादेखि पहिरो पन्छाउनका लागि एउटा डोजर समेत व्यवस्थापन गर्न नसक्नुले नेताहरूको क्षमता समेत दर्शाएको छ । तस्बीरहरूः प्रशान्तजंग पाण्डे ।
प्रकाशित मिति : July 18, 2019 at 10:10 pm









