धनगढीमा शक्तिशाली बम विष्फोट, ५ जना घाइते १ काे अवस्था गम्भिर
२ साउन, धनगढी । धनगढीमा शक्तिशाली बम विष्फोट हुँदा ५ जना घाइते भएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका-३ शहीद गेट नजिक रहेकाे स्थानीय निलम होटल अगाडि बम विस्फोट भएको हो । बम विष्फोटमा परी घाइते हुनेमा कञ्चनपुरको बेलाैरी-५ का लक्ष्मण सेरला, माेबिन खान, जितेन्द्र यादव, धनगढी-४, बाेराडाडीका केशवराज पाण्डे र बझाङका राम सिंह रहेका छन् ।

सुरूमा सिलिण्डर विष्फोटको सूचना आएको तर घटनास्थल पुग्दा शक्तिशाली बम वस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएकाे छ । घटनास्थलमा ९ एमएमको पेस्तोल समेत भेटिएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिए । घाइतेहरूको स्थानीय मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : July 18, 2019 at 8:51 pm









