२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

शेयर बजारः नेप्से परिसूचक ५.०८ बिन्दुले बढ्यो

३० असार, काठमाडाैँ । सामान्य अवस्थामा रहेको धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.०८ बिन्दुले बढेर एक हजार २५४.५६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.७१ बिन्दुले बढेर २७०.२८ बिन्दुमा पुगेको छ ।

नेप्से परिसूचक बढे पनि अपेक्षाकृतरूपमा कारोवार रकममा भने वृद्धि भएन । कूल १७० कम्पनीको २९ लाख ७३ हजार ८४३ कित्ता शेयर रु ४३ करोड पाँच लाख २५ हजार ८४३ मूल्यमा खरीद–बिक्री भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोवार भएका ११ उपसमूहकै शेयर उकालो लागेको छ । बैंकिङ २.७६, होटल २४.२५, विकास बैंक ३.७, जलविद्युत् १४.८३, वित्त २.९५, निर्जीवन बीमा १५.६५, उत्पादन ३२६.६९, अन्य ३.२६, लघुवित्त ४.७१, जीवन बीमा २०.५५ र सामूहिक लगानी कोष ०.१३ बिन्दुले बढेको छ ।

कारोवारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रह्यो । सो बैंकको रु पाँच करोड २१ लाख ९१ हजार ९४५ बराबरको कारोवार भयो । यस्तै शिवम् सिमेन्ट रु तीन करोड ५९ लाख छ हजार ६२५, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु दुई करोड ५४ लाख २८ हजार ४१८, नबिल बैंक रु दुई करोड ४८ लाख ४४ हजार ८०३, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु दुई करोड ३३ लाख ९२ हजार ७२४ र एनआइसिएशिया बैंक रु दुई करोड छ लाख २५ हजार ७८५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले पाँच प्रतिशतले कमाए । यस्तै एनआइसि एसिया ग्रोथ फण्ड ४.८१, रैराङ हाइड्रोपावर ४.६३, रिलायन्स फाइनान्स ४.१३, एनआइबिएल प्रगति फण्ड ४, गुराँस लघुवित्त वित्तीय संस्थाले शेयरधनीले ३.९० प्रतिशतले कमाए । त्यस्तै नबिल बैंक ३.१५, मल्टिपर्पोज फाइनान्स कम्पनी २.४५, घलेम्दी हाइड्रोपावर २.२९, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था २, सिर्जना फाइनान्स १.९१ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : July 15, 2019 at 4:44 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/