७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

नर्भिक अस्पतालले विरामीको उपचारमा २० प्रतिशत सहुलियत दिने


१ वैशाख, काठमााडाैं । नर्भिक अर्न्तराष्ट्रिय अस्पतालले अव विरामीको उपचारमा २० प्रतिशत सहुलियत दिने भएको छ । अस्पतालले काठमाडाैं ११ का नागरिकको उपचारमा २० प्रतिशत सहुलियत दिने घोषणा गरेको छ ।

अस्पतालले २५ वर्ष पूरा गरेको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा नर्भिक अर्न्तराष्ट्रियअस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह र वडा नम्बर ११ का वडाध्यक्ष हीरालाल तण्डुकारबीच उपचार सहुलियत सम्झौता भएको हो । ।

उक्त सम्झौताअनुसार अस्पताल रहेको सो वडाका नागरिकले नर्भिकमा उपचार गराउँदा २० प्रतिशत छुट पाउने छन् । त्यसका लागि कार्डको व्यवस्था गरी सेवा उपलब्ध गराइने बताइएको छ ।

अस्पतालले आफ्नो २५ औँ वार्षिकोत्सवकै अवसरमा सगरमाथा आरोह गर्न लागेका पत्रकार महिला टोलीलाई रु २५ लाखको चेकसहित नर्भिकको झण्डासमेत हस्तान्तरण गरेको छ ।

कलाकार तथा नर्भिक अस्पतालका सद्भावना दूत हरिवंश आचार्यले नर्भिकले नेपालमै अर्न्तराष्ट्रियस्तरको सेवा प्रदान गर्दै आएको उल्लेख गरे ।

 

प्रकाशित मिति : १ बैशाख २०७५, शनिबार १३:३४