२३ बैशाख २०८१, आईतवार | Mon May 6 2024

छौँडाहरू चलमलाएको विष्णु रिमालको टिप्पणी, सामाजिक सञ्जालमा भाइरल


२२ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले आइतबार बिहानै गरेको एउटा ट्वीटले चर्चाको हिसाबमा सामाजिक सञ्जाल करिब पुरै कब्जा गरेको छ । बिहान ६ः४० बजे आफ्नो निजी ट्वीटर ह्याण्डल @bishnurimal मा कवितात्मक शैलीमा एउटा धारणा पोष्ट गरे । जहाँ प्रश्न पनि छ । उनले भनेका छन ‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन् कसैले छोड्छन्, दुस्ख दिन्छन् १ यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका ?’ ।

रिमालको यस ट्वीट अहिले ट्वीटर र फेसबुकमा नेपाली प्रयोगकर्ताको बीचमा चर्चाको हिसाबमा एक नम्बरमा रहेको छ । पछिल्लो केही दिनयता सरकारविरूद्धमा नियोजित रूपमा नेकपा भित्र र बाहिरका शक्तिले गरिरहेको अनेक षडयन्त्र, आइफा अवार्ड  र तरकारीको विषादी जाँच सम्बन्धी निर्णयमा सरकारका बारेमा भैरहेको तीव्र र चर्को आलोचना भैरहेको छ । यही परिप्रेक्षणमा प्रधानमन्त्रीका सल्लाहकारको यो ट्वीटलाइ जोडेर हेर्ने कोशिश धेरैलले गरेका छन ।

प्रकाशित मिति : २२ असार २०७६, आईतवार ०९:३६