रक्सी खाएर दिउँसै कार्यालयमा झ्याप हुने गोरखाका प्रहरी प्रमुख भोला रावलको सरूवा
२० असार, काठमाडौँ । प्रहरी प्रधान कार्यालयले रक्सी खाएर दिउँसै कार्यालयमा झ्याप हुने गोरखाका प्रहरी प्रमुख भोला रावलको सरूवा गरेको छ । रावलसँगै अन्यको पनि सरूवा भएको छ । यसअघि उनले रक्सी खाएर दिउँसै कार्यालयमा रमिता देखाएको पाएपछि प्रदेश प्रहरी कार्यालयले अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा समेत रावलको अवस्था सुधारिएको नपाएपछि उनको सरूवा भएको हो । रावलको बारेमा दैनिकीले यसअघि दुइ वटा समाचार प्रकाशन गरिसकेको छ । सरूवामा ३ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । गोरखामा रावल हटाएपछि ओम अधिकारी पाठइएका छन भने महोत्तरीमा श्यामकृष्ण अधिकारी, र बाग्लुङमा नवराज भट्ट सरूवा भएका छन । गोरखाका एसपी भोला रावल प्रदेश नं. ६ प्रहरी कार्यालय पठाइएका छन् ।
प्रकाशित मिति : 18:33









