६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

नुवाकोटको तादीमा खोलाले बगाएर २ जना युवक बेपत्ता, खोजीकार्य जारी

२० असार, नुवाकोट । नुवाकोटको तादी गाउँपालिकास्थित घट्टेखोला तर्नेक्रममा बिहीबार साँझ २ जना युवक बेपत्ता भएका छन् । बजारबाट घरायसी सामान किनेर घर फर्कंदा खोला तर्नेक्रममा ती व्यक्ति बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । तादी गाउँपालिका–२ बस्ने १७ वर्षीय विनोद लामा तामाङ र सोही ठाउका १७ वर्षीय देवकृष्ण तामाङ सातबिसेस्थित घट्टेखोला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार बेपत्ता भएका तामाङको तादी खाेला, खरानीटार, देविघाट, महादेवफाँट, ठूलोखोला, बुधसिङघाट लगायतका खोलानालामा खोजीकार्य भइरहेको उहाँले बताउनुभयो ।

बेपत्ता उनीहरुलाई नुवाकोट प्रहरी, खरानीटार प्रहरी चौकी, देवीघाट चौकी, ताँदीचौकी, सशस्त्र प्रहरी लगायतको टोलीले खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।रासस

प्रकाशित मिति : 13:36