१२ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026

माओवादीले लुटेको धन सदुपयोग गरेको आरोप लागेका गुरूङले कसरी खोल्छन सम्पत्तिको स्रोत ?

१७ असार, काठमाडौँ । तत्कालीन माओवादीले लुटेको धन सदुपयोग गरेको आरोप लागेका भाटभटेनी सुपर मार्केटका मिनबहादुर गुरूङका विरूद्धमा सम्पत्ति शुद्धिकरण विभागले पनि छानविन अघि बढाएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा भूमाफियाको आरोप लागेका दुइ जना डा शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको हो।

बालुवाटारस्थित ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी सरकारी जग्गा हडपेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० को छानबिनमा परेका गुरुङ, ढकाल र सुवेदीमाथि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान अघि बढाएको आजको नागरिक दैनिकमा मातृका दाहालले समाचार लेखेका छन । विभागले भाटभटेनीका नाममा देशभर सञ्चालित सुपरमार्केटको जग्गाजमिनसहितको लगानीलाई पनि छानबिनको दायरामा ल्याएको छ।

गुरुङले तयारी कपडा आयात गर्दा सरकारलाई बुझाउनुपर्ने राजस्वमा छली भएनभएको विषयमा पनि अनुसन्धान गरिरहेको छ । आयोग र ब्युरोले छानबिन थालेपछि ढकाल र सुवेदी फरार भइसकेका छन् । विभाग उच्च स्रोतका अनुसार ललितानिवास र त्यसले चर्चेको जग्गा हिनामिनामा संलग्न गुरुङ, ढकाल र सुवेदी तथा उनीहरुका परिवारको नाममा रहेको चलअचल सम्पत्ति खोज्न विशेष टोली खटिएको छ। जग्गा हडप्नेमध्येका तीनजनाबाहेक राणा परिवारबाट मोहीको नाममा जग्गा पाउने पनि विभागको छानबिनको दायरामा परेका छन्।

ललितानिवासको जग्गा प्रकरणमै बयानका लागि नगएपछि भाटभटेनीका सञ्चालक गुरुङका छोरा कल्याण, ढकाल र सुवेदीसहित ८९ जनालाई आयोगले फरार सूचीमा राखेको छ। फरार सूचीमा भएका व्यक्तिको पनि सम्पत्ति छानबिन भइरहेको विभागले जनाएको छ। विभागले डिल्लीबजार मालपोत कार्यालयबाट सस्तोमा जग्गा रजिस्ट्रेसन पास गरिएको विषयमा पनि भूमाफिया, बिचौलिया र कर्मचारीमाथि अनुसन्धान गरिरहेको छ। यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन । 

 

प्रकाशित मिति : July 2, 2019 at 8:08 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/