१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

तपाईलाई टन्सिलकाे समस्या छ ?  यस्तो छ घरेलु उपचार

शारीरमा आयोडिनको कमीले हुने समस्या टन्सिल  हो । टन्सिल भएपछि गला सुन्निने र दुख्ने गर्छ । घरेलु विधीबाट यसको समाधान गर्न सकिन्छ ।

संक्रमणका कारणले टन्सिल हुनसक्छ ।टन्सिल  हुने कारणहरू एस्ताे छः

– चिसोको कारण

–  ग्याष्ट्रिक र कब्जियतकाे कारण

– मसलेदार खानाकाे कारण

– पाचनयन्त्र कमजोर हुँदा

–आइस क्रिम, कोल्ड डि्रंक धेरै खानाले

टन्सिलहुँदा एस्ताे लक्षण देखिन्छः

– गलामा पीडा हुनु

– थुक निल्न र खानेकुरा निल्न गाह्रो हुनु

– गला सुन्निनु

– कान र गलाको मुनीको भागमा पीडा हुनु

टन्सिलहुँदा निम्न घरेलु उपाए अपनाउन सकिन्छः 

– गाईको शुद्ध घिउले मसाज गर्दा टन्सिलमा राहात मिल्छ ।

– तातो पानीमा लसुन हाल्ने र यसले केहि दिन मुख कुल्ला गर्ने ।

– ग्रीन टि, ल्वाङ-सुकुमेल र दालचिनिको चिया पिउन सकिन्छ ।

– गाजरको जुस पनि उपयोगी हुन्छ ।

–एक चम्चा बेसार तातो दुधमा राखेर पिउने

–कागती र महको मिश्रण तातो पानीमा मिसाएर सेवन गर्नुपर्छ ।

प्रकाशित मिति : June 22, 2019 at 12:04 pm