१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

आजदेखि भृकुटीमण्डपमा टिभिएस सुपरसिजन फाइनान्स फेयर

४ असार, काठमाडाैँ । नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आजदेखि “टिभिएस सुपरसिजन फाइनान्स फेयर”को आयोजना गर्ने भएको छ । यो नेपालमै पहिलो पटक आयोजन हुन गैरहेको बिषेश किसिमको मेला हो। आजदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालनहुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स सुविधा, एक्स्चेञ्ज अफरका साथै बचतको सुनौलो अवसर पनि प्राप्त गर्नेछन ।

जस अनुसार ग्राहकहरुले ७.९९ प्रतिशत ब्याजको फाइनान्स सुविधाका साथ २० प्रतिशत शुरु भुक्तानीमा विश्वस्तरीय टिभिएस टु ह्वीलर आफ्नो बनाउन सक्नेछन । साथै ग्राहकहरुलाई गजबको आकर्षक मासिक किस्ता रु.५,५००/बाट सुरु हुनेछ।  ग्राहकहरुले हरेक एक्स्चेञ्जमारु.३०,०००/सम्मको बोनस पनि प्राप्त गर्नेछन ।


मेलाको अन्य आकर्षणहरुमा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र स्क्य्राच कार्डमार्फत् रु.७,०००/देखि रु.१,००,०००/सम्म पक्कापक्की नगद पुरस्कार जित्ने मौका पनि रहेका छन् । यसका अतिरिक्त मेलामा टिभिएस बाइक खरीद गर्ने ग्राहकहरुले टिभिएसका सामानहरु हेलमेट, बाइक कभर र रेनकोट सित्तैंमा प्राप्त गर्नेछन । टिभिएस आगामीदिनहरुमापनिग्राहकलक्षित योजनाहरु र अफरहरु संचालनगर्ने जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार ०९:३०