१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

एन आई सी एशिया बैंकबाट ठगिनेको संख्या दिनहुँ बढ्दै, ग्राहकको निवेदन प्रबन्धकले च्यातिन

३ असार, काठमाडाैँ । एन आई सी एशिया बैंकले ग्राहकलाई ठगी गर्ने गरेको र दुःख दिने गरेको विषय हरेक दिनजसो सार्वजनिक भैरहेका छन । बैंकमा ऋण लिएकाहरू सबैभन्दा बढी मारमा परेको कुरा सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्म छाइरहेको छ । केही दिनअघि ठमेलका एक प्रतिष्ठित पर्यटन व्यवसायीले एन आई सी एशिया बैंकसँग कुनै पनि ऋणको कारोबार नगर्न भनेर सामाजिक सञ्जालमै अपिल गरे । त्यसको कारण थियो उनले  ऋण चुक्ता गर्छु भन्दा पाएका थिएनन् ।

बोधराज भण्डारीले जुन १२ मा बैंकका बारेमा गरेको सार्वजनिक अपिल ।

ठमेलको केन्द्रमा आफ्नो व्यवसाय चलाउँदै आएका बोधराज भण्डारीमात्र हैन त्यही प्रकारले देशका विभन्न ठाउँका व्यक्तिहरू जो एन आई सी एशियाबाट ऋण लिएका छन उनीहरू ठगिएका छन । सोमबार एन आई सी एशिया बैंकको क्षेत्रपाटी शाखामा त्यस्तै घटना देखियो । एक जना ऋणीले आफूले ऋण चुक्ता गरेर धितो फुकुवा गरिदिन अनुरोध गर्दा बैंकको शाखा प्रबन्धकले उनको निवेदन नै च्यातेर झण्डै कुटिन ।

जिएम ह्याण्डीक्राफ्ट एण्ड एक्सपोर्ट कम्पनी ठमेलका महेश पन्तले शुक्रबार नै सोमबार धितो फुकुवा गर्दिनेगरी काम गरिदिन अनुरोध गरेर पत्र लेखेका थिए । पन्तले ऋण चुक्ताका निम्ति पर्याप्त रकम खातामा पनि हालिदिए तर शाखा प्रबन्धक सृष्टिका मानन्धरले उनको निवेदन च्यातेर उल्टै हपारिन । उनले एक महिना धितो फुकुवाको पत्र दिन नसक्ने बताइन र साँझको झण्डै ६ः३० बजेसम्म बैंकमा राखेर सेवाग्राहीलाई उल्टै स्तब्ध पारिन । यी दुई प्रतिनिधि घटनामात्र हुन । एन आई सी एशिया बैंकका पीडितहरू दिनुहु बढ्दै छन । राष्ट्र बैंकको नियम अनुसार ऋण चुक्ता भएपछि धितो फुकुवाका लागि बैंकले पत्र लेख्न आकानी गर्न नहुने हो तर व्याजको लोभमा बैंकले बित्तिय अपराध बढाउँदै लगेको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलवार ०८:४०