७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

प्रभु बैंकको नयाँ शाखा कैलालीको अत्तरियामा 


३० जेठ, काठमाडौँ । प्रभु बैंक लिमिटेडको नयाँ शाखा कार्यालय कैलालीको अत्तरियामा सञ्चालनमा आएको छ । बिहीवारदेखि सञ्चालनमा आएको उक्त शाखाको उद्घाटन गोदावरी नगरपालिकाका प्रमुख हरि सिंह साउदले  गरे ।

उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिका प्रमुख हरि सिंह साउदले प्रभु बैंकको अत्तरिया शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रूपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको बताए ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, उद्योग वाणिज्य संंघ कैलालीका पदाधिकारीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

आजदेखि सञ्चालनमा आएको बैंकको अत्तरिया शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरू, फर्म, कम्पनी तथा संघ संस्थाहरूले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहीबार १५:४०