१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

कश्मीर मुद्दामा वार्ताका लागि पाकिस्तानले भारतलाई पत्र लेख्यो


२५ जेठ, काठमाडाैँ ।  कश्मीर मुद्दामा वार्ताका लागि पाकिस्तानले भारतलाई पत्र लेखेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै वार्ताको लागि प्रस्ताव गरेका हुन् । इमरान खानले मोदीलाई शुक्रबार पठाएको पत्रमा कश्मीर मुद्दालगायतका सबै समस्या समाधानका लागि वार्ता गर्न चाहेको बताएका छन ।

मोदीलाई दोस्रो कार्यकालका लागि बधाई दिँदै इमरानले भनेका छन्- ‘दुई देशबीचको वार्ता नै दुवै देशका जनतालाई गरिबीबाट मुक्त पार्ने एकमात्र उपाय हो । यसका लागि क्षेत्रीय विकासका लागि मिलेर काम गर्नु आवश्यक छ ।’ पाकिस्तानले कश्मीर मुद्दासहित सबै समस्याको समाधान चाहेको खानले बताएका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७६, शनिबार ११:१७

https://srdb.com.np/