१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

इश्क में मरजावां,उडानसहित कलर्स च्यानलमा आउने लोकप्रिय टीभी शो बन्द हुँदै,यस्ताे छ कारण


२२  जेठ, काठमाडाै । नेपालमा  भारतीय टीभी शो हेर्न अत्यान्तै रूचाउँछन् । सबैले राम्राे मानेर रूचाए पनि  निकै चर्चित रहेका ४ सिरियल बन्द हुन लागेका छन्

१. उडान
सबैभन्दा पहिला बन्द हुन गइरहेको सिरियल हो–उडान । कलर्स च्यानलमा आउने यो लोकप्रिय शोले केही वर्षयता मानिसहरुलाई मनोरञ्जन दिँदै आएको थियो । तर, पछिल्लो समय शोको टीआरपी घटेसँगै निर्माताले यो शो बन्द गर्ने फैसला गरेका हुन् । समाचारमा बताइएअनुसार २१ जुनपछि उडान सिरियल बन्द हुनेछ ।

२. केशरी नन्दन
उडानपछि बन्द हुन गइरहेको अर्को सिरियलको नाम हो–केशरी नन्दन । यो शोको अन्तिम एपिसोड १२ जुनमा देखाइने बताइएको छ । घट्दो टीआरपीको कारण यो शोलाई ६ महीनामा नै बन्द गर्ने फैसला लिइएको हो ।

३. विष या अमृत–सितारा
कलर्समा आउने विष या अमृत–सितारा पनि बन्द हुने क्रममा छ । अदा खानले अभिनय गर्ने गरेको यो शो पनि बन्द हुने क्रममा रहेको हो । यो शो नागिन बराबरको लोकप्रिय हुन नसकेको हो । यसको स्थानमा अर्को सुपरनेचुरल शो विष प्रसारित हुनेछ । प्रोमोका अनुसार यो शो १० जुनदेखि देखाइनेछ ।

४. इश्क में मरजावां
कलर्समै आउने अर्को एक सिरियल इश्क में मरजावां भन्दा २८ जुनमा बन्द हुनेछ । यसको स्थानमा छोटी सरदारनी टीभीमा प्रसारित हुनेछ । यसअघि कलर्समा नागिन ३ पनि बन्द भएको थियो । त्यसका साथै एकता कपूरको सिरियल कसौटी जिन्दगी के २ ले पनि आशा गरिएअनुसार टीआरपी पाउन सकेको थिएन ।

 

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार १८:४२

https://srdb.com.np/