१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

नेकपाका नेता एवं इटहरीका मेयर चाैधरीलाई बर्खास्त गर्न युवा संघका नेता पर्शुराम बस्नेतको माग

२२ जेठ, काठमाडाैँ । युवा संघका नेता परशुराम बस्नेतले आफ्नो नाम जोडेर पत्रकारलाई धम्क्याउने इटहरी उपमहानगरपालिकाका मेउर द्धारिकालाल चाैधरीलालाई बर्खास्त गर्न माग गरेका छन । चाैधरीले बस्नेतको नाम जोडेर पत्रकारको नाकको डाँडी भाच्न बस्नेतलाई एक करोड दिन लागेको बताएपछि बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा अाफ्नो धारणा राख्दै बस्नेतले कारबाहीको माग गरेका हुन ।

बस्नेतले फेसबुकमा लेखेका छन ‘समाजिक संजाल र केही मिडियामा इटहरीका मेयरले मेरो नाम जोडेर पत्रकार मित्रलाई धम्क्याएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’ उनले साइनो सम्बन्ध बेगर नै नाम जोडेर पत्रकार लाई धम्क्याउने काम मेयर चौधरीले गरेको भए उनले ‘मानसिक सन्तुलन गुमाएको हुनपर्ने । यस्ता अराजक जनप्रतिनिधिलाई राज्य र पार्टी दुबैबाट कारबाही गरी बर्खास्तसमेत गर्न जोड्दार माग गर्दछु।’

उनले आफू राजनीतिक व्यक्ति भएकाले गैरराजनीतिक विषयमा विश्वास नगर्ने र आफूसँग यस विषयमा मेयर चौधरीसँग कुनै सम्पर्क नरहेको बताएका छन । पत्रकार विराट अनुपमलाई मेयर चौधरीले बारम्बार फोन गरी ‘परशुराम बस्नेतलाई सुपारी दिइसकेको र आफ्नो सुरक्षा आफै गर’ भन्दै धम्की दिएका थिए।

यो  पनि पढ्नुहोस्

–एक करोड र एउटा घडेरी दिएर पत्रकारको नाक भाँच्ने नेकपाका नेताको चेतावनी (अडियोसहित)

प्रकाशित मिति : June 5, 2019 at 6:14 am