१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

बलिउड अभिनेत्री  प्रियंका चोपडाकाे भारतको प्रधानमन्त्री बन्ने रहर


२१ जेठ, काठमाडाैँ । बलिउड चर्चित अभिनेत्री तथा पूर्व मिस वल्र्ड प्रियंका चोपडाले आफू भारतकाे प्रधानमन्त्री बन्न चाहेकाे बताएकी छिन् । अमेरिकन गायक निक जोनसँग विवाह गरेपछि विदेश मा नै बस्न थाले पनि भारतकाे प्रधान मन्त्री हुने चाहाना रहेकाे जनाएकी छन् ।   सन् २००० मा मिस वल्र्ड बनेकी प्रियंका सामाजिक कार्यमा पनि उत्तिकै सहभागी हुने गरेकी छिन् ।

उनले हालै सन्डे टाइम्सलाई दिएको अन्तरवार्तामा उनले आफ्नो राजनीतिक धारणा व्यक्त गर्दै भारतको प्रधानमन्त्री बन्न चाहेको उल्लेख गरेकी हुन् ।  उनले आफूलाई भारतको प्रधानमन्त्री बन्ने अवसर प्राप्त भयो भने उनी प्रधानमन्त्री बन्न तयार भएको बताइन् । उनले आफ्नो श्रीमान निकलाई भने अमेरिकाको राष्ट्रपति भएको देख्ने इच्छा भएको बताइन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलवार १२:५०

https://srdb.com.np/