३१ बैशाख २०८१, सोमबार | Tue May 14 2024

सिरिया कारबम विस्फोटमा १९ को मृत्यु


२० जेठ, सिरिया ।  विद्रोहीको बलियो प्रभाव रहेका सिरियाको उत्तरपश्च्मिी शहरमा भएको कारबम विस्फोटमा परी आइतबार कम्तीमा १९ व्यक्तिको मृत्यु भएको सिरियाली युद्धको अनुगमन गरिरहेका मानव अधिकार समूहले जानकारी दिएका छन् । आजाजमा भएको यस विस्फोटमा परी चार बालबालिकाको पनि मृत्युभएको बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ ।

फाइफ फाेटाे

यस आक्रमणमा परी २० जनाभन्दा बढी घाइते भएका पनि अधिकारवादी समूहले जानकारी गराएका छन् । “विस्फोट हुँदा कैयौँ इस्लाम धर्मावलम्बीहरू साँझको प्रार्थनाबाट बाहिरिँदै गरेका थिए,” उक्त मानव अधिकारवादी समूहका प्रमुख रमी अब्दुल रहमानले बताउनुभयो । मारिनेमा आउँदै गरेको इद–उल–फितरको विदाका अवसरमा लुगाफाटो तथा उपहार किन्न बजार गएका व्यक्तिहरू पनि रहेका अस्पतालका एक अधिकारी जिहाद बेरोले बताउनुभयो ।

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार १९:३९

https://srdb.com.np/