१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

प्रहरी कार्यालयलाई लक्षित गरी गरेकाे कार बम विस्फोटनमा ८ को मृत्यु


१९ जेठ, अफगानिस्तान । प्रहरी कार्यालयलाई लक्षित गरी भएको आत्मघाती कार बम विस्फोटनमा परी अफगानिस्तानमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । देशको घाज्नी प्रान्तमा भएको घटनामा परी अरु सात जना घाइते पनि भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । स्थानीय समय अनुसार शनिबार बेलुका ९.५० बजे विस्फोट भएको थियो । उनीहरुले सैनिकको गाडी नियन्त्रणमा लिएर त्यसमा विस्फोटक पदार्थ जडान गरेको अधिकारीहरुले जनाएका छन् ।

फाइफ फाेटाे

विस्फोटन गराइएको इस्फान्डीस्थित प्रहरी कार्यालय प्रान्तीय राजधानी घाज्नीदेखि झण्डै ६ किलोमिटर टाढा पर्दछ । घटनामा परी घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएको प्रान्तीय प्रहरी प्रवक्ता अदाम खान सिरातले जानकारी दिनुभयो । दुर्भाग्यबस आठ जना प्रहरी अधिकारीहरु मारिएका छन् र अरु सात जना घाइते भएका छन् । विष्फोटनमा प्रयोग गरिएको सवारी साधन र लक्षित प्रहरी कार्यालय पनि क्षति भएको छ, खानले बताउनुभयो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आईतवार १४:१३

https://srdb.com.np/