१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

ब्राजिलका चर्चित फुटबल खेलाडी नेमारलाई लाग्याे बलात्कारको आरोप


१९ जेठ, काठमाडाैँ ।  ब्राजिलका चर्चित फुटबल खेलाडी नेमारलाई ब्राजिलकी महिलाले पेरिसको होटलमा बलात्कार गरेको आरोप लगाएकी छिन् ।  ब्राजिलमै परेकाे बलात्कार आरोपको  उजुरीमा  बोल्दै नेमारका पिताले आफ्नो छोरालाई ‘फसाउन षड्यन्त्र’ भएको बताएका छन् । शनिबार नेमारमाथिको उजुरीसम्बन्धी कागजात प्राप्त गरेकाे अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले जनाएकाे छ ।

प्रहरी कागजात अनुसार पीडित भनिएकी महिलाले शुक्रबार साओ पाओलो सहरमा घटनाको उजुरी दिएकी थिइन् । हालसम्म नेमारको पक्षबाट उनका पिता नेमार डोस सान्तोषले मात्र बोलेका छन् । उनले एक टेलिभिजन अन्तरवार्ताको क्रममा आफ्नो छोराले कुनै गल्ती नगरेको बताए । आरोप लगाउने महिलाले नेमारसँगको इन्स्टाग्राम मेसेज आदान–प्रदानपछि दुईबीच फ्रान्समा भेट भएको बताएकी छिन् ।

प्रहरी कागजातमा महिलाले दुई दिनपछि पेरिस छाडेको र ब्राजिल फर्किएको बताइएको छ । त्यस्तै उजुरीमा उनले पेरिसमा निक्कै भयभित भएका कारणले त्यहाँ उजुरी हाल्ने होस नभएको उल्लेख छ । प्रहरी कागजातमा अनुसन्धानको क्रममा महिलालाई चिकित्सकीय जाँच गरिने लेखिएको छ । नेमार हाल ब्राजिलमै छन् । उनी अर्को हप्ताबाट सुरु हुने दक्षिण अमेरिकी फुटबल च्याम्पियनसीप अर्थात कोपा अमेरिकाको तयारी गर्दैछन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आईतवार ११:३८

https://srdb.com.np/