३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

छिमेकी ८ वर्षीया २ बालिका बलात्कार  गर्ने एक किशाेर पक्राउ

१४ जेठ, काठमाडाैँ । बालिकामाथि बलात्कार गरेको आरोपमा बर्दियाको मधुवन नगरपालिकामा १५ वर्षीय एक किशोरलाई पक्राउ गरिएको छ । छिमेकी आठ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । यही जेठ ८ गते आफ्नै घरमा कोही नभएको मौका पारी पालैपालो बलात्कार गरेको आरोप बालिकाहरुले लगाएका छन् ।

केही दिनदेखि बालिकाको अस्वभाविक शारीरिक समस्या देखा परेपछि बलात्कार पछि परिवारले सोधपुछ गर्दा घटना बाहिरिएको होे ।जिल्ला प्रहरी कार्यालयमा बलात्कार गरेको आरोपमा आफन्तले आज उजुरी दिएका हुन् । प्रहरीका अनुसार उजुरीका आधारमा घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताउनुभयो । रासस

प्रकाशित मिति : 18:10