३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

कैटरिनाकाे विवाह प्रपोजलाई सलमानले दिए यस्तो जवाफ

१२ जेठ, काठमाडाैँ । बलिउड अभिनेता सलमान खान र अभिनेत्री कैटरिना कैफ फिल्म ‘भारत’ को प्रमोशनमा व्यस्त छन्।  सलमान खानकाे  फिल्म भारतमा भने विवाह हुन्छ ।

याे कुरा फिल्म निर्देशक अली अब्बासले आफ्नो ट्विटमार्फत सार्वजनिक गरेका छन् । अलीले ट्विटरमा एउटा भिडियो क्लिप शेयर गरेका छन्। उक्त भिडियो क्लिपमा कैटरिनाले सलमानलाई विवाह गर्न प्रस्ताव गरेकी छन्। भिडियोमा कैटरिनाले भनेकी छन्, ‘मेरो विवाह गर्ने उमेर भइसकेको छ, मलाइ तिमी मन पनि पर्छौ, हाम्रो विवाह कहिले हुन्छ भन।’

कैटरिनाको यो कुरा सुनेपछि सलमान खोक्न थाल्छन् । यो फिल्मको डाइलग हो जो यतिबेला समाजिक संजालमा भाइरल भइरहेको छ। यसो त यो जोडी कुनै समय प्रेममा थियो । पछि कैटरिना रणवीरको प्रेममा परेपछि सलमानसँग ब्रेकअप भएको थियो ।

प्रकाशित मिति : May 26, 2019 at 7:40 pm