३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

डाक्टरको चरम यातना सहन नसकेर छात्राले अस्पतालमै झुन्डिएर आत्महत्या गरिन् 


१२ जेठ, काठमाडाैँ । झुन्डिएर आत्महत्या गरेकी पायल सलमानका परिवारका सदस्यले अस्पतालकै तीन सिनियर डाक्टरले उनलाई टर्चर दिएका कारण उनले आत्महत्या  गरेकाे आरोप लगाएका छन् । मुम्बईकाे बिवाइएल नायर नामको  यो अस्पतालमा एमडीकी दोस्रो वर्षकी २६ वर्षकी छात्रा पायलले आत्महत्या गरेकी हुन् । उनी अस्पतालमा ‘रेजिडेन्ट डाक्टर’ थिइन् ।

मिडिया रिपोर्टका अनुसार महाराष्ट्र असोसिएशन अफ रेजिडेन्ट डाक्टर्स का एक प्रतिनिधिले २२ मेमा पायलले तीन शल्यक्रिया गरेको बताए । कुनै तनावमा नदेखिएकी पायल शल्यक्रिया पछि आफ्नो कोठामा गएर पङ्खा झुन्डिएकी एक प्रतिनिधिले बताए ।

पायलकी आमाको आरोप अनुसार वरिष्ठ डाक्टरले उनलाई जाती र आरक्षण कोटाबाट भर्ना लिएको विषयमा पटकपटक कमेन्ट गर्ने गर्थे । उनलाई आराम गर्न नदिई घण्टौं काम गराउने परिवारको आरोप छ । सिनियर डाक्टरले उनलाई अपरेशन थिएटरमा काम गर्न नदिने पनि आरोप छ । पायलको परिवारले पुलिसलाई ह्वाट्सएप ग्रुपको च्याट पनि देखाएका छन् जसमा आरोपी डाक्टरले उनीमाथि जातीय टिप्पणी गरिरहेका छन् । आरोपी डाक्टर अहिले फरार छन् । पुलिसले उनीहरुविरुद्ध आत्महत्याको लागि उक्साएको, एन्टी र्यागिङ एक्टलगायत अन्य मामलामा मुद्दा दर्ता गर्दै उनीहरुको खोजी गरिरहेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आईतवार १३:३१

https://srdb.com.np/