३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

प्रवासी नेपाली एकता मञ्च साउदीद्धारा स्मृति दिवस तथा क्षेत्रीय भेला सम्पन्न

-स्वागत पुन मगर 
११ जेठ, दमाम । प्रवासी नेपाली एकता मञ्च साउदीले जननेताद्वय मदन भण्डारी र जिवराज आश्रितको २६ औँ स्मृति दिवस सम्पन्न गरेकाे छ । प्रवासको समय अनुकुल मिलाएर नेपाली प्रवासी एकता मञ्च साउदी अरबले २४ मे मा स्मृति दिवस मनाएको हाे । कार्यक्रमको सञ्चालन मञ्चका सचिव राजु खनालले गरे भने कार्यक्रमको सभापतित्व मञ्चका संयोजक शिवराज जैसी रविकीरणले गरेका छन् । कार्यक्रमका प्रमुख अथिति मञ्चका पुर्व अध्यक्षद्वय कमल शाही निर्मल र बलराम गिरी रहेका थिए ।

प्रवासी नेपाली एकता मञ्चका केन्द्रीय सदस्यहरु अनिल बिक घायल, ऋषिराम भट्टराई, अमर श्रेष्ठ ,पर्शुराम मिश्र , महिला संयोजक अम्बिका सापकोटा अधिकारी, मोहम्मद ईकवाल, कमल खरेल, हरि बुढाथोकी, यम लामा, राम बहादुर क्षेत्री , सोभान बहादुर पुन मगर स्वागत, जुवेल क्षेत्रीय संयाेजक सुजन पुडासैनी अथिती रहेका थिए । कार्यक्रममा १ मिनेट मौन धारण गरी मदन आश्रित तथा वीर सहिदहरुप्रति सम्मान अर्पण गरिएकाे थियाे ।

त्यस्तै, नेपाली प्रवासी मञ्च साउदी अरबले स्मृति दिवसका अवसरमा अलहासा क्षेत्रीय भेला पनि समापन गरेको छ ।संयाेजक गोविन्द वली , सचिव प्रकाश रोका, सह सचिव युवराज खड्का , कोषाध्यक्ष पदम कार्की सदस्यहरुमा सुदर्शन बराल, पुर्ण गुरुङ ,प्रेम लिम्बू ,योगराज रावत, सोम नेपाली, सुक बहादुर रोका मगर, निर्छा राना, महेन्द्र घर्ती , प्रबिन परियार, ललित लिम्बू , सुबिन लिम्बू , प्रकाश केसी, भिम लिम्बू , राजन लामा, निमा लामा, बिशाल दराई, रुपेश भाजी, राम बहादुर मगर, अनिल चौधरी , किरण चौधरी , भल कुमार लिम्बू , रामचन्द्र घिमिरे र अार्यन चौधरी रहने गरि गठन भएकाे प्रवासी नेपाली एकता मञ्च साउदी अरब अलहासा क्षेत्रीय नव कमिटीलाई बधाई तथा कार्य सफलताको शुभकामना प्रमुख अथिति तथा अथितीले बधाई दिएका थिए ।

सोही कार्यक्रम मार्फत रमदानको अबसरमा अलहासामा अायोजित फुटबल कार्यक्रमका निमित्त प्रवासी नेपाली एकता मञ्च साउदी अरबका तर्फबाट अायोजक प्रकाश रोका तथा पदम कार्कीलाई मञ्चका संयाेजक शिवराज जैसी रविकिरण पुर्व अध्यक्षद्वय बलाराम गिरी र कमल शाही निर्मल सचिव राजु खनाल द्वारा मञ्चका तर्फबाट अायोजक टिमलाई ५७६ साउदी रियल हस्तान्तरण गरिएकाे थियाे ।

प्रकाशित मिति : May 25, 2019 at 7:19 pm