५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

यस्ताे छ तामाकाे फाइदा, प्रयाेग गरि यस्ता राेग निकाे पार्नुहाेस्  

११ जेठ, काठमाडाैँ । हामी धेरैप्रकारका बाँसको तामा सब्जीको रूपमा प्रयोग गर्दछौं, तरै पनि प्रचलित रूपमा चोयाबाँस वा जुन बाँसबाट चोया बनाउन सकिन्छ त्यस्ता बाँसको तामा खानेगर्छौं । भने परेङ (सानो प्रजातिको बाँस, जसबाट चित्रा बनाइन्छ) को तामा पनि हामी सब्जीको रूपमा खान्छौं । ठूला बाँसको तामाभन्दा साना प्रजातिका बाँसको तामा खानको निम्ति निक्कै स्वादिष्ट हुन्छ ।

तामाको सब्जीबाट के-के स्वास्थ्यवर्धक लाभ पुग्दछ र कसरी बनाइन्छ भन्ने बारे तल चर्चा गरिन्छ। स्वास्थ्यका दृष्टिकोणले बाँसको तामा निकै उपयोगी चिज हो । तामामा भिटामिन ए, भिटामिन बी, भिटामिन ई, नियासिन, रिबोफ्लाभिन, थियामिन र फोलेट लगायतका तत्व पाइन्छन् । त्यस्तै यसमा क्याल्सियम, म्याग्नेसियम, फोस्फरस, पोटासियम, कप्पर, जिंक, सोडियम, म्यागानिज र आइरन लगायतका खनिज तत्वहरु समेत पाइन्छन् ।

डाक्टरहरूले बाँसको टुसामाथि अनुसन्धान गरेपछि तामा स्वास्थ्यपरक लाभहरूको बारेमा बताउँछन् । बाँसको तामामा कम क्यालोरीका तत्त्वहरू हुन्छन् । तामामा अत्यन्तै कम कार्बोहाइड्रेट्स तत्त्वहरू हुन्छ यसो हुनाले यो मधुमेहका रोगीहरूलाई पनि जच्ने परिकार हाे । न्युन क्यालोरी हुनाको कारण यसले शरीरको ‘फ्याट लस’ वा बोसो घटाउन ९ सोझो अर्थमा ओजन कम गर्न०मा ठूलो सहयोग र्पुयाउँछ ।

यति कम चिनी हुने खाद्य परिकार अरु लगभग कुनै छैन । यसमा फ्याट अनि सुगर पनि नगण्य रूपमा हुने हुनाले यसले कोलेस्ट्रोलको एलडीएल स्तर, लिपिड्स र बाउल फँक्शन कम गर्दछ, त्यसैले यो खाद्य परिकारलाई मुटुको स्वास्थ्यमैत्री खाद्य भनिएको छ । त्यस्तै गरी तामामा प्रोटिन भने उपयुक्त हुन्छ जसमा शरीरलाई चाहिने एमिनो एसिडको सबै प्रकारका मात्रा यथोचित हुन्छ जसको कारण यसले स्वास-प्रस्वासका कतिपय समस्याहरू कम गर्नमा वा निको पार्नमा ठूलो भूमिका खेल्दछ ।

यदि सबै गुणयुक्त कुनै पनि स्वस्थकर सब्जीको सिफारिस गर्ने हो भने तामा एक नम्बरमा आउने भयो । हामीले प्राचीन कालदेखि सब्जीको रूपमा खाँदै आएको यो तामा यति गुणकारी छ भन्ने कुरा हालै मात्र सार्वजनिक भयो र अहिले एसियालीमुलुक छोड़ेर पाश्चात्य मुलुकहरूमा पनि यो सब्जी लोकप्रिय बन्दै गइरहेको छ।

यति हुँदाहुँदै पनि यसको अमिल्याइएको अचारहरू भने सबैको निम्ति सही नजच्ने हुँदा सबैले यस्ता अचारको सेवन नगरेको राम्रो हुन्छ। हड्डी सम्बन्धी कतिपय रोगमा यो सब्जी गुणकारी हुँदैन, यद्यपि हड्डीको विकास तथा निर्माणमा तामामा हुने क्याल्सियमले सहयोग र्पुयाउँछ ।

प्रकाशित मिति : May 25, 2019 at 12:30 pm