न्यूनतम राेजगारीमा संलग्न हुन चाहनेकाे सूचि संकलन गर्ने समय एक महिना थप
८ वैशाख, काठमाडौँ । सरकारले न्यूनतम राेजगारीमा संलग्न हुन चाहनेकाे सूचि संकलन गर्ने समय एक महिनाका लागि थप गरेकाे छ । श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसअघि दिएको चैत मसान्तसम्मको म्याद सकिएपछि वैशाख मसान्तसम्मको समय थप गरेको हो । बेरोजगार व्यक्तिले आफ्नो स्थायी बसोबास रहेको वडा कार्यालयमा गएर बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन सक्नेछन् ।

निवेदकले आफूसँग भएको सीप, समय, कार्यक्षेत्र, क्षमता, ठाउँ खुलाएर निवेदन दिनुपर्नेछ । उक्त विवरण स्थानीय तहले छानविन गरि बेराेजगारलाई न्यूनतम राेजगार वा साे सरहकाे तलब उपलब्ध गराउने छ ।

प्रकाशित मिति : 15:44







