प्रेस काउन्सिल र प्रहरीको सेटिङमा पत्रकार थुनेको बिरोधमा देशैभरका पत्रकार आन्दोलित (फोटोफिचर)
५ वैशाख, काठमाडाैँ । नेपाल पत्रकार महासङ्घको अपिलमा प्रेस काउन्सिल र प्रहरीको सेटिङमा पत्रकार थुनेको बिरोधमा देशैभरका पत्रकार आन्दोलित बनेका छन । विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को नाममा समाचार लेखेकैका अधारमा पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै महासंघले बिरोध कार्यक्रम गरेको हो । महासंघले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ खारेज नभएसम्म अान्दोलन जारी रहने जनाएको छ ।

पत्रकारलाई विद्युतीय कारोवार ऐन उक्त दफाअन्तर्गत पटकपटक पक्राउ गरी निर्बाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेको भन्दै देशभर सङ्घर्ष गर्नेसमेत जनाएको छ । ताण्डप साप्ताहिकका सम्पादक पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको बिनासर्त रिहाइको माग गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्ने कार्यक्रमसमेत गरेको छ । गिरीको बारेमा प्रेस काउन्सिलले गलत सुचना दिएर पक्राउमा सहयोग गरेको भन्दै पत्रकारहरूले चर्को अालोचना गरिरहेका छन । प्रेस चाैतारीका केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टराइले काउन्सिलका पादधिकारीलाइ नै बर्खास्त गर्ने मागसहित अान्दोलन गर्नुपर्ने माग गरेका छन ।


महासङ्घले सङ्घर्षका कार्यक्रमअन्तर्गत आज बिहान ९:३० देखि १०:३० बजेसम्म महासङ्घका जिल्ला शाखामार्फत देशका सबै जिल्लामा १ घण्टा धर्ना बस्ने कार्यक्रम भएक भएको छ भने केन्द्रीय समितिले गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत विरोधपत्र बझाउने तयारी गरेको छ ।
यस्तो छ ऐनको बुँदा
विद्युतीय कारोबार ऐन( साइबर क्राइम एक्ट) २०६३ को दफा ४७ र ४८ मा यसो लेखिएको रहेछ ।
…………………………………….
४७. विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्नेः (१) कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
४८. गोपनीयता भङ्ग गर्नेः यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरु वा प्रचलित कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरु अन्तर्गत प्रदान गरिएको कुनै अधिकार बमोजिम कुनै विद्युतीय अभिलेख, किताब, रजिष्टर, पत्रव्यवहार, सूचना, कागजात वा अन्य सामग्रीहरुमा पहुँच प्राप्त गरेको कुनै व्यक्तिले कुनै अनधिकृत व्यक्तिलाई त्यस्तो अभिलेख, किताब, रजिष्टर, पत्र व्यवहार, सूचना, कागजात वा सामग्रीको गोपनीयता भङ्ग गरेमा वा भङ्ग गर्न लगाएमा निजलाई कसूरको मात्रा हेरी एक लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
हेर्नुहोस बिरोधका केही तस्बीरहरू

प्रकाशित मिति : 11:10









