नागरिक उड्ययन प्राधिकरण ट्रेड युनियन निर्वाचनः प्रगतिशील गठबन्धनको ‘क्लिन स्वीप’
५ वैशाख, काठमाडाैँ । नागरिक उड्यन प्राधिकरणको आधिकारिक ट्रेड युनियन (सिबिए)को निर्वाचनमा प्रगतिशील कर्मचारी संगठन भारती मतले विजयी भएको छ । नेपाली कांग्रेस निकटको लोकतन्त्रवादी कर्मचारी संगठनका उम्मेदवार पराजित गर्दै नेकपा निकटको प्रगतिशील कर्मचारी संगठनले क्लिन स्वीप गरेको छ। अध्यक्षमा प्रगतिशील गठबन्धनका श्रवणकुमार यादव ३५८ मतसहित विजयी भएका छन । उनले लोकतान्त्रिक गठबन्धनका सुजन भण्डारीलाई १५५ मतको अन्तरमा पराजित गरे ।

त्यस्तै उपाध्यक्षमा ज्ञानेन्द्र भुल ३२१ मतसहित विजयी भएका छन । उपाध्यक्षमा पराजित लोकतान्त्रिक गठबन्धनका अनिल कुमार गुप्ता २३० मत प्राप्त गरी पराजित भए । प्रगतिशिल गठबन्धबाट महासचिवमा मिनप्रसाद खनाल, सचिवमा सागर सिलवाल र काेषाध्यक्षमा कृष्णकुमार अधिकारी विजयी भएका छन । त्यस्तै सदस्यहरूमा सञ्जय ज्ञवाली, रागिनी मानन्धर, अन्जु थापा, कुबेर डाँगी, जयराम भण्डारी र रोशन लामिछाने विजयी भएका छन ।

प्रकाशित मिति : 10:13







