हेम गुरूङको एसोएस म्यानपावरमा राजस्व अनुसन्धान विभागको छापा, महत्वपूर्ण कागजात नियन्त्रणमा
४ वैशाख, काठमाडौँ । राजस्व अनुसन्धान विभागले वैदेशिक रोजगार व्यवसायी हेम गुरूङको एसोएस म्यानपावरमा छापा हानेको छ । बुधबार राजस्व अनुसन्धान विभागको टोलीले गुरूङको म्यानपावरमा छापा हानेको हो । टोलीले म्यानपावरको महत्वपूर्ण कागजात नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले गुरूङको म्यानपावरमा छापा हानेको पुष्टि गर्दै केही कागजात नियन्त्रणमा लिएको र अनुसन्धान जारी रहेको दैनिकीलाइ जानकारी दिए ।

गुरूङको स्रोत नखुल्ने सम्पत्तिमात्रै १८ करोड भन्दा बढी रहेको उनको पारिवारिक स्रोतले जनाएको छ । आफन्तको नाममा राखेर अनेक गरेर हिसाब देखाउँदा समेत उनले १८ करोढ भन्दा बढी सम्पत्तिको अझै स्रोत खुलाउन सकेका छैनन् उनले भने । यही कारणले वैदेशिक रोजगारीमा जाने युवाहरूसँग अबैध रूपमा असुल गरेर अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धिकरण विभागले समेत छानविन गरिरहेको छ ।

गुरूङको म्यानपावरमा बुधबार राजस्व अनुसन्धान विभागले हानेको छापालाइ अर्थपूर्ण रूपमा हेरिएको छ । पछिल्लो समय कतारको भिसा सेन्टरको नाममा गैरकानुनी चलखेलमा समेत संलग्न देखिएको आरोप लाग्ने गरेको छ । बालुवाटारको सरकारी जग्गा ९ललितनिवास० आफ्नै नता पर्नेहरूको नाममा खरिद गरी रकम लुकाएको आरोप लागेको छ । उनीमाथि एक जना ज्वाइ नाता पर्नेको नाममा जग्गा किनेको आरोप छ । वैदेशिक रोजगारीका नाममा युवाहरूलाइ ठग्ने र लुट्ने काममा संलग्न एसोएस म्यानपावर पटक पटक विवादमा समेत पर्दै आएको छ ।
प्रकाशित मिति : 23:59









